पूर्वराजा ज्ञानेन्द्रको सवारीलाई लिएर एयरपोर्टको सुरक्षा व्यवस्थामा कडाइ
प्रकाशित मिति: आइतबार, फाल्गुण २६, २०८१ | १४:०२:४७
चितवन, २५ फाल्गुन । पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । हवाइ टिकट भएका यात्रु र कर्मचारी बाहेक अरुलाई विमानस्थल प्रवेशमा निषेध गरिएको छ ।
विमानस्थल आसपासमा पनि ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आज १ बजे हवाइमार्गबाट काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा र राप्रपा नेपाल लगायत राजावादीहरु विमानस्थल जाने तयारी गरिएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २६, २०८१ |
१४:०२:४७
375