राजावादीको प्रदर्शनले काठमाडौंको सवारी आवागमन अस्तव्यस्त
प्रकाशित मिति: आइतबार, फाल्गुण २६, २०८१ | १४:५८:५३
चितवन, २५ फाल्गुन । राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको हो ।
ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २६, २०८१ |
१४:५८:५३
353