प्रधानमन्त्रीमा घमण्ड र कुन्ठा देखियो : प्रचण्ड
प्रकाशित मिति: मंगलबार, फाल्गुण २८, २०८१ | १५:३५:१३
चितवन, २७ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री निरन्तर अनुपस्थित भएकोप्रति आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षीलाई स्पेस नदिएको भन्दै प्रचण्डले सरकारको आलोचना गरे ।
‘प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्,’ उनले भने ।
त्यस्तै उनले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन्।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २८, २०८१ |
१५:३५:१३
353