सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्छ: महामन्त्री थापा
प्रकाशित मिति: मंगलबार, फाल्गुण २८, २०८१ | १५:४३:५७
चितवन, २७ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले उनले सरकारले आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ । सरकाले नचाहिने ठाउँमा हात हाल्नुहुँदैन, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनु हुँदैन । जुन कुरा चलाउनै हुँदैन र आवश्यक नै छैन ।’
प्रकाशित मिति : मंगलबार, फाल्गुण २८, २०८१ |
१५:४३:५७
397