प्रतिनिधिसभामा सांसद बस्ने कुर्सि भाँचिएपछि…
प्रकाशित मिति: मंगलबार, फाल्गुण २८, २०८१ | १६:५२:४०
चितवन, २७ फाल्गुन । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।
बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।
सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २८, २०८१ |
१६:५२:४०
1563