हङकङमाथि नेपालकाे जित
प्रकाशित मिति: शुक्रबार, चैत्र ०१, २०८१ | १६:३४:५३
चितवन, ०१ चैत । हङकङ नेपालसँग पराजित भएकाे छ । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।
ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्।
त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।
पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०१, २०८१ |
१६:३४:५३
815