निकिता चाण्डकले संजयलीला भन्सालीको फिल्म खेल्ने
प्रकाशित मिति: बुधबार, चैत्र ०६, २०८१ | १२:०५:०३
चितवन, ०६ चैत । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको आगामी फिल्ममा काम गर्ने भएकी छन् ।
इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै चाण्डकले भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेकी छन् ।
उनी लेख्छिन्, ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो ।’
भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले विस्तृत खुलाएकी छैनन् ।
प्रकाशित मिति : बुधबार, चैत्र ०६, २०८१ |
१२:०५:०३
639