प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै
प्रकाशित मिति: सोमबार, चैत्र ११, २०८१ | १६:०९:५४
चितवन, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जाने भएका छन् । बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २० देखि २२ गतेसम्म थाइल्यान्डको बैंककमा हुँदै छ ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, त्यसलाई द्विपक्षीय भ्रमण बनाउन प्रयास भइरहेको छ । सोही कारण प्रधानमन्त्री ओली चैत १९ गते नै थाइल्यान्ड प्रस्थान गर्ने गरी कार्यक्रम बनाउने कार्य भइरहेको स्रोतले बतायो ।
प्रकाशित मिति : सोमबार, चैत्र ११, २०८१ |
१६:०९:५४
3059



















