राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाईं, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति
प्रकाशित मिति: बिहिबार, चैत्र १४, २०८१ | २२:१०:३०
चितवन, १४ चैत । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए ।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०८१ |
२२:१०:३०
903