राप्रपाका नेता रवीन्द्र मिश्र र धवल शम्सेर पक्राउ
प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०८१ | २२:५८:४२
चितवन, १५ चैत । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफूहरुलाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेर ल्याइएको नेपाल प्रेसलाई बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०८१ |
२२:५८:४२
705