पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना
प्रकाशित मिति: शनिबार, चैत्र १६, २०८१ | १७:३४:३८
चितवन, १६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो।
राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको ठहर गर्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो।
प्रकाशित मिति : शनिबार, चैत्र १६, २०८१ |
१७:३४:३८
727