संसदमा छाती ठोक्दै लिङ्देनले भने– राजावादी यहाँ छ, सके जेल हाल
प्रकाशित मिति: आइतबार, चैत्र १७, २०८१ | १५:५५:०२
चितवन, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।
‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सत्तापक्षका सांसदहरूले ‘हिंसात्मक’ राजावादी आन्दोलन गर्ने मण्डलेहरूलाई निकाल्नुपर्ने माग राखेका थिए ।
प्रकाशित मिति : आइतबार, चैत्र १७, २०८१ |
१५:५५:०२
1057