रिहा भए स्वागत नेपाल
प्रकाशित मिति: आइतबार, चैत्र १७, २०८१ | १८:२६:४४
चितवन, १७ चैत । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई सो घटनामा संलग्नता नदेखिएको निष्कर्ष निकाल्दै रिहा गरिएको हो ।
उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र १७, २०८१ |
१८:२६:४४
3213
























