नियन्त्रणमा लिइएको पाटेबाघ निकुञ्जमा छाडियो
प्रकाशित मिति: मंगलबार, चैत्र १९, २०८१ | ११:१७:२५
चितवन, १९ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका– २ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९, २०८१ |
११:१७:२५
2773



















