रवि लामिछानेले किन भेट्दैछन् सभामुख ?
प्रकाशित मिति: मंगलबार, चैत्र १९, २०८१ | ११:२०:०१
चितवन, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् ।
सभामुखसँगकाे भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्ने बुझिएको छ ।
यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९, २०८१ |
११:२०:०१
925