सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुखसँग रविको माग
प्रकाशित मिति: मंगलबार, चैत्र १९, २०८१ | १२:३३:४७
चितवन, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।
आज उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारसहितको टोली लिएर रवि संसद सचिवालय पुगेका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९, २०८१ |
१२:३३:४७
969