लुटेरासँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत
प्रकाशित मिति: बुधबार, चैत्र २०, २०८१ | १३:५१:१६
चितवन, २० चैत । शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न भयो । सो क्रममा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।
गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको प्रतिकार गरी ठूलो क्षति हुनबाट जोगाएका थिए ।
प्रकाशित मिति : बुधबार, चैत्र २०, २०८१ |
१३:५१:१६
837