सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक
प्रकाशित मिति: आइतबार, चैत्र २४, २०८१ | १४:४५:४०
चितवन, २४ चैत । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् ।
चार दिनयता काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार (चैत २४) माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।
उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराए ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र २४, २०८१ |
१४:४५:४०
3125
























