शिक्षकमा माग पूरा गरेर काममा फर्काउन शेखर कोइरालाको माग
प्रकाशित मिति: आइतबार, चैत्र २४, २०८१ | १४:५८:१४
चितवन, २४ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शिक्षक महासंघको आन्दोलनका पक्षमा उभिएका छन् ।
उनले शिक्षकका माग सम्बोधन गरेर काममा फर्काउन आज सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा. शेखरले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्,” “सरकार र महासंघबीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।”
प्रकाशित मिति : आइतबार, चैत्र २४, २०८१ |
१४:५८:१४
639