राप्रपाले भोलीको सभा बल्खुमा गर्ने
प्रकाशित मिति: सोमबार, चैत्र २५, २०८१ | १४:१४:१४
चितवन, २५ चैत । राप्रपाले भोलीको सभा बल्खुमा गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने ताए ।
यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो ।
तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र २५, २०८१ |
१४:१४:१४
1189