काठमाडौँ महानगरका कुचीकारदेखि मेयरसम्मले पाए तलब
प्रकाशित मिति: सोमबार, चैत्र २५, २०८१ | १४:१९:२५
चितवन, २५ चैत । काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।
लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र २५, २०८१ |
१४:१९:२५
837