सभा सकिएपछि राप्रपाले आफैं गर्यो सडक सफा
प्रकाशित मिति: मंगलबार, चैत्र २६, २०८१ | १७:५३:२२
चितवन, २६ चैत । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् ।
राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् ।
राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न लिङ्देनले चेतावनी दिएका थिए । ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु ।’
प्रकाशित मिति : मंगलबार, चैत्र २६, २०८१ |
१७:५३:२२
3301





















