त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
प्रकाशित मिति: बिहिबार, चैत्र २८, २०८१ | १५:४७:०१
चितवन, २८ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजिनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा. डा. बरालको राजिनामा आज स्वीकृति गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । अधिल्लो सरकारले बराललाई २०८० फागुन १० गते नियुक्त गरेको थियो । बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर उहाँको सचिवालयलाई राजीनामा पत्र बुझाउनुभएको थियो ।
उहाँको सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्री एवं कुलपतिबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा आज स्वीकृत भएको छ ।’
प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१ |
१५:४७:०१
1959


























