संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्ने छ : नवनिर्वाचित अध्यक्ष मिश्र
प्रकाशित मिति: बिहिबार, चैत्र २८, २०८१ | १५:५८:३७
चितवन, २८ चैत । नेपाल बार एसाेसियसनकाे नव अध्यक्ष विजय मिश्रले संविधान संसाेधनमा रचनात्मक सहयाेग गर्ने प्रतिबद्ता जनाएका छन् ।
प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर बिजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।
उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्ता जनाएका छन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१ |
१५:५८:३७
903