उदयपुरमा निर्माणाधीन पक्की पुल भत्कियाे
प्रकाशित मिति: बिहिबार, चैत्र २८, २०८१ | २०:१६:२२
चितवन, २८ चैत । उदयपुरको कटारी नगरपालिका-२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भत्किएको छ ।
बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको हाे । पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान छ ।
पुल ढलान गरिएको १८-२० दिनमात्र भएको थियो । ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको बताइएकाे छ ।
सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१ |
२०:१६:२२
2949


















