नयाँ वर्षमा नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड
प्रकाशित मिति: आइतबार, चैत्र ३१, २०८१ | १२:०७:३९
चितवन, ३१ चैत । तवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए ।
नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे ।
उनले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’
प्रकाशित मिति : आइतबार, चैत्र ३१, २०८१ |
१२:०७:३९
1013