खैरहनीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०८२ | ११:१५:१३
खैरहनी, १ बैशाख । पुर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित सिमलटाडी चोकमा ट्रक र मोटरसाइकल ठक्कर खाएको थियो । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको यु पि ४० टि ३९५६ नम्बरको ट्रकले ना ४४ प १३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
उक्त दुर्घटना मोटरसाइकल चालक खैरहनी नगरपालिका वडा नम्बर १ निवासी ६४ वर्षिय केशव कर्मचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते कर्मचार्यलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ०१, २०८२ |
११:१५:१३
5303
















