पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०८२ | २१:०६:१८
चितवन, ०२ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ०२, २०८२ |
२१:०६:१८
3719


















