सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो?
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०८२ | १२:१०:३२
चितवन, ०३ वैशाख । सुनको मूल्य फेरी पनि वृद्धि भएको छ।
साताको चौथौं दिन आज एकैदिन २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।
आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ०३, २०८२ |
१२:१०:३२
1255