रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
प्रकाशित मिति: बिहिबार, बैशाख ०४, २०८२ | १२:१८:१४
काठमाडौं, ०४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।
आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने बुझिएको छ । आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिन लागेकाे बताएकी छन् ।
२०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन्।
प्रकाशित मिति : बिहिबार, बैशाख ०४, २०८२ |
१२:१८:१४
727