कांग्रेस सभापति देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक
काठमाडौं, ०४ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ । देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो। सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिने गरी मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ।
सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित थिए । जसका कारण कांग्रेस-एमाले गठबन्धन सरकारको आयुलाई लिएर प्रश्न उठिरहेको छ।























