शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार
प्रकाशित मिति: शुक्रबार, बैशाख ०५, २०८२ | १२:४०:२०
चितवन, ०५ वैशाख । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।
राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए ।
घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई बताएका छन् । गोलीबाट छलिएर आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०५, २०८२ |
१२:४०:२०
2817



















