राप्रपा अध्यक्ष लिङ्देनसहित सातै जना रिहा
प्रकाशित मिति: आइतबार, बैशाख ०७, २०८२ | १८:३४:१०
चितवन, ०७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका सातै जनालाई छाडिएको प्रहरीले जानकारी दियो ।
आइतबार सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए ।
प्रकाशित मिति : आइतबार, बैशाख ०७, २०८२ |
१८:३४:१०
683