मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख १०, २०८२ | २१:३२:३६
चितवन, १० वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौँ सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १०, २०८२ |
२१:३२:३६
771