सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने माओवादीको निर्णय
प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०८२ | १२:४०:३१
चितवन, ११ वैशाख । केन्द्रको आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको हो ।
साथै गएको चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन गरिरहेका शिक्षकहरूका माग सम्बोधनका लागि पहल गर्न आवश्यक सहकार्य गर्ने, सङ्घीयता कार्यान्वयनमा पहलकदमी लिनेलगायतका निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०८२ |
१२:४०:३१
551