गृहद्वारा तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा
प्रकाशित मिति: मंगलबार, बैशाख १६, २०८२ | ११:५९:४१
चितवन, १६ वैशाख । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
गृह मन्त्रालयका अनुसार तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख १६, २०८२ |
११:५९:४१
2927


















