सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय : सांसद झा
प्रकाशित मिति: मंगलबार, बैशाख १६, २०८२ | १४:४६:४३
चितवन, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचारसँग आफ्नो विचार नमिल्ने भए पनि राज्यले उनीमाथि गरेको व्यवहार राम्रो नलागेको बताए । उनले मिश्रमाथि सरकारको दुर्व्यवहार निन्दनीय रहेको पनि बताए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६, २०८२ |
१४:४६:४३
1035