असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता, महासंघले फिर्ता लियो आन्दोलन
प्रकाशित मिति: बुधबार, बैशाख १७, २०८२ | २१:४३:३४
चितवन, १७ वैशाख । सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सहमतिपछि शिक्षक महासंघले आन्दोलन फिर्ता भएको घोषणा गरेको छ । १५ असारभित्र विधेयक पारित नभए फेरि आन्दोलनको चेतावनी दिइएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १७, २०८२ |
२१:४३:३४
617