बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: बुधबार, बैशाख १७, २०८२ | २१:४८:३४
चितवन, १७ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आन्दोलनरत शिक्षक र सरकारी पक्षबीचको वार्ता सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
बैठकमा शिक्षकहरुका मागका विषयमा निर्णय हुन सक्ने बताइएको छ । आज दिउँसो शिक्षक र सरकारी पक्षबीच ९ बुँदे सहमति भएको थियो । उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा छलफल पछि सार्वजनिक गर्ने बताइएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १७, २०८२ |
२१:४८:३४
551