एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
प्रकाशित मिति: शनिबार, बैशाख २०, २०८२ | ९:४१:१३
चितवन, २० वैशाख । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।बैठकमा समसामयिक विषयमा छलफल हुने सचेतक बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, बैशाख २०, २०८२ |
९:४१:१३
2355


















