किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युको छानबिन गर्न संसदीय समितिको निर्देशन
प्रकाशित मिति: सोमबार, बैशाख २२, २०८२ | २०:०९:३४
चितवन, २२ वैशाख । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भारतकाे ओडिसास्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज (सोमबार) बसेको बैठकले उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।
साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजगता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइको छ। बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको छ।
प्रकाशित मिति : सोमबार, बैशाख २२, २०८२ |
२०:०९:३४
485