भाषा दिवस: प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
चितवन, २५ वैशाख । बागमती प्रदेशमा खससहित नेपाभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्ने घोषणा गरेको दिनलाई भाषा दिवसको रुपमा गत वर्षबाट बिदा समेत दिई भव्यरुपमा मनाउँदै आएको थियो । यसवर्ष पनि बैशाख २४ गते बागमती प्रदेशमा बिदा दिने धोषणा गरि राजपत्रमा समेत प्रकाशित गरि सकेको छ ।
सो अवसरमा नेवा: देय् दबू ख्वप नगर समिति, नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति भक्तपुरको आयोजनामा बुधबार भक्तपुर नगर पालिका वडा नं ९ दतात्रयस्थित दिप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग जिल्ला अध्यक्ष कान्छा तामाङले विगतमा सरकारी कार्यालयमा नेपाली भाषा बाहेक अन्य भाषा बोल्न पाइन्न नेपाल भाषा र तामाङ भाषा प्रयोग गर्दा अपमानित हुनुपर्ने र आफ्नो भाषालाई दबाइरहेको अब बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषाबाट लेख्न बोल्न पाउने अधिकार कानुनले प्रदान गरिएको छ ।
त्यस्तै नेवास्देय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष नरेश सुवालले भाषा नभए जाती नै नरहने उल्लेख गर्दै बागमती प्रदेश सरकारले नेपालभाषालाई बागमती प्रदेशमा नेपालभाषाबाट सरकारी कार्यालयमा निवेदन तथा आफ्नो कुरा प्रष्ट राख्न सकिने बताउनुभयो । कामकाज गर्न सरकारी कार्यालयमा नेपालभाषाको अनुवाद गर्न कर्मचारीको व्यवस्था गर्न बागमती प्रदेश सरकारले व्यवस्थापन गर्न अध्यक्षले सरकार समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा नेवास्देय् दबू ख्वप नगर समितिका उपाध्यक्ष राम चन्द्र प्रजापतिले बागमती प्रदेश सरकारले सविधानले दिएको अधिकार प्रयोग गरि बागमती प्रदेशको स्थानीय तहलगायत विभिन्न सरकारी कार्यालयमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजको लागि प्रयोग गर्न कानुनले दिएको अधिकारलाई तपाई हामी सबैले व्यवहारमा प्रयोग गर्नु हुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाई हामीले प्राप्त भएको अधिकार यदि प्रयोग गरेन्न भने त्यो प्राप्त भएको अधिकार सरकारले वेवास्ता नगर्लान्न भन्न सकिन्न । त्यसैले भक्तपुर नगरपालिका भित्र बसोबास गर्ने ९८ प्रतिशत नेपाल भाषा बोल्ने नेवा जाती रहेको छ । जहाँ नेपालभाषा प्रयोग गर्न स्थानिय सरकारले नेपालभाषा मै पढ्न पाठयक्रम बनाउनुपर्छ ।’ नेपाल भाषा अनुवादक राखी रोजगारको अवसर प्रदान गर्न सकिने बताउनुभयो । नेवा: मिसा दबू ख्वप जिल्ला सदस्य सरस्वती प्रजापति नेवा:देय् दबू ख्वप नगर अध्यक्ष लागाएतले भाषा दिवसको अवसरमा शुभकामना दिनु भयो ।