भारत-पाकिस्तान तनाव : आईपीएलका बाँकी सबै खेल स्थगित
प्रकाशित मिति: शुक्रबार, बैशाख २६, २०८२ | १३:४८:०४
चितवन, २६ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।
पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।
बीसीसीआईले तत्कालका लागि विदेशी खेलाडीलाई घर फर्काउने विषयलाई प्राथमिकता दिइएको र प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।
८ मेसम्म आईपीएलका ५८ खेलहरू भएका छन् । बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०८२ |
१३:४८:०४
441