साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै
प्रकाशित मिति: मंगलबार, बैशाख ३०, २०८२ | १४:१७:०३
चितवन, ३० वैशाख । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।
खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।
समूह विजेता बन्नका लागि नेपाललाई आजकाे खेल जित्नै पर्ने दबाब छ भने भारतलाई बराबरी गरे पुग्छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३०, २०८२ |
१४:१७:०३
991