सौराहाचोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०८२ | ९:४३:१८
चितवन,३१ बैशाख । पुर्वीचितवनको सौराहा चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । आज बिहान करिब ७:४५ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
दुर्घटनामा परि रत्ननगर नगरपालिका वडा नम्बर १५ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन्।
भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते स्कुटर चालकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०८२ |
९:४३:१८
1013