गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त
प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०८२ | २२:२१:३६
चितवन, ३१ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्ती गर्ने निर्णय गरेको हो । विश्व पौडेलले राजीनामा दिएपछि समितिमा एक पद रिक्त थियो ।
समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०८२ |
२२:२१:३६
639