म पनि दैलेखी नै हुँ : अध्यक्ष प्रचण्ड
प्रकाशित मिति: आइतबार, जेठ ०४, २०८२ | १९:०१:३९
चितवन, ०४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको बताएका छन् ।
आज दैलेखको सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पुर्खा दैलेखी नै भएकोले आफुपनि दैलेखी भएको बताए ।
उनले भने, ‘केही समयअघि प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर हाम्रो पुर्खाहरूको सालिक अनावरण गरेको थिएँ,’ ‘आज म तपाईँहरू दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ भन्दा गर्व लागेको छ ।’
दैलेख आफ्नो पुर्खाहरूको थलो भएकाले विशेष महत्त्व लाग्ने गरेको पनि उनले बताए । दैलेख जिल्लाको दुल्लु नगरपालिका ३३ वटा जातजातिको थलो हो । दुल्लुकै दह गाउँ दाहालहरूको उद्गम थलो हो ।
प्रकाशित मिति : आइतबार, जेठ ०४, २०८२ |
१९:०१:३९
2663

















