रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ | ११:०५:३६
चितवन, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ ।
यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक गरेको थियो ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०८२ |
११:०५:३६
551