रोशनी शाही मृत फेला
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ | १९:०४:३८
चितवन, ११ जेठ । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् ।
उनी आज भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।
गत २०७६ सालमा संसद् सचिवालयमा कार्यरत शाहीले तत्कालीन सभामुख महरालाई बलात्कार मुद्दामा कारागारसम्म पुर्याएकी थिइन् । उनका श्रीमान भने अहिले विराटनगरमा रहेको बताइएको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०८२ |
१९:०४:३८
441