बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ | १३:२६:२७
चितवन, १३ जेठ । बाजुराकाे जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ १३, २०८२ |
१३:२६:२७
529